|
प्रतीकात्मक फोटो

दैलेख : दैलेखको नौमूले गाउँपालिका ३ भुरुगेमा ट्याक्टर दुघटना हुँदा एकजनाको मुत्यु भएको छ। 

नौमूले गाउँपालिकाको सदरमुकाम नौमूले बजारबाट समान लिएर गएको भे.१त ३६७७ नम्बरको ट्याक्टर कालिकाबाट फर्कने क्रममा भुरुगें जंगलमा दुर्घटना हुँदा ट्याक्टरमा सवार महेन्द्र राम्जालीको मृत्यु भएको नौमूले प्रहरीले जनाएको छ।

नौमूलेका प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको ट्याक्टर चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.