|

दाङ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी आदिवासी जनजातिको अधिकार कायम गर्ने बताएका छन्। बुधबार दाङको लमहीमा थारू कल्याणकारिणी सभाले आयोजना गरेको भेट्घाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले अहिले पनि आदिवासी जनजातिका अधिकार पूरा नभएको भन्दै त्यसका लागि जागरण अभियानको आवश्यक रहेको बताए। 

उनले भने, 'हाम्रो पार्टी आदिवासी जनजातिको अधिकार कायम गर्न काममा तत्परका साथ लागि परेको छ। आइएलओ १६९ मा उल्लेख भएको वनजंगल र जमिनमा आदिवासी जनजातिको अधिकार कार्यान्वयनको आवश्यकता रहेको छ।'

त्यसैगरी, संयुक्त राष्ट्रसंघमा नेपालले गरेको प्रतिबद्धताअनुसार नै नेपालका आदिवासी जनजातिले अधिकार पाउनु पर्ने तर्क उनको थियो। अधिकांश समय आदिवासी जनजातिको हक अधिकारकै विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका उनले वर्तमान राजनीतिक परिस्थितिको बारेमा बोलेनन्।

त्यसैगरी, उनले अहिले स्थानीय सरकारले पैसा बाँड्ने मात्र काम गरेको आरोप लगाए। उनले भने, 'उत्पादनमुखी क्षेत्रमा लागनी गर्न आवश्यक छ, तर  रकम बाँडेर मात्रै हुँदैन, उत्पादन बढाउने स्थानीयस्तरमै रोजगारी दिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.