|

चितवन : बोलेरो र मोटरसाइकल आपसमा ठोक्किदा चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशाबाट गइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल इच्छाकामना गाउपालिका ६ जलविरेमा ठोक्किएको थियो। बिहीवार बिहान साढे २ बजे भएको दुर्घट्नाबाट गम्भिर घाइते सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ३ः १८ बजे मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए। 

मृतक सापकोटा मोटरसाइकलका चालक भएको प्रहरीले जनाएको छ। बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.