|

विश्वमा सबैभन्दा कम सुत्नेमा स्वास्थ्य र सुरक्षा क्षेत्रमा आवद्ध कर्मचारी रहेको पाइएको छ। 

अपर्याप्त निद्रा महामारी जस्तै फैलिदै जाँदा अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको एक अध्धयनले देखाएको छ। 

जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन्। राम्ररी निद्रा पुर्‍याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट बढेर २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ। जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा आबद्ध ४५ प्रतिशतमा पनि सो समस्या  रहेको बताइएको छ। 

क्यानडियन मेडिकल एसोसिएसन जर्नलले  गरेको एक अध्धयनमा पनि  शल्यक्रिया गरिरहेका चिकित्सकले अघिल्लो दिन ६ घण्टा भन्दा कम सुतेको भएमा अपरेशन जटिल हुने उच्च जोखिम हुने गरेको पत्ता लगाएको हो।

पुलिस अधिकारीहरुलाई राति सुत्नमा कठिनाइ हुने गरेको अध्ययनमा उल्लेख छ। पुलिस अधिकारीहरु देीनक खतरनाक परिस्थितिको सामना गर्नुपर्ने हुँदा तनावका कारण पनि उनीहरुलाई निद्रा पुर्‍याउन समस्या हुनेगरेको जनाइको छ। 

अपूरो निद्राका कारण शारीरिक एवम् मानसिक रोग मधुमेह, ह्दयघात जस्ता समस्या हुने अध्ययनले देखाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.