|

पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति  अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। 

मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। 

कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति हमिदलाई फेवातालमा सयर गराइएको हो। राष्ट्रपति हमिद बुधबार काठमाडौंमा राष्ट्रपतिसहितका उच्च अधिकारीहरुसँग भेट गरेर पोखरा पुगेका हुन्। 

उनलाई प्रहरीको सुरक्षाबीच डुंगामा चढाएर फेवातालमा घुमाइएको हो। फेवा तालमा डुंगा सयर गराएपछि उनलाई सराङकोट डाँडामा पनि लगिने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.