|

गुल्मी :  केही दिनअघि गुल्मीको  चन्द्रकोटमा दुई बालिका र एक महिलासहित तीनजनाको विभत्स हत्याको   रहश्य  खुलेको छ। प्रहरीको विश्वस्त स्रोतका अनुसार एक पुरुष र महिला बीचको शाररिक सम्बन्धकै कारण महिला र उनका दुई छोरीहरुको हत्या भएको खुलेको हो।

नाम गोप्य राख्ने सर्तमा प्रहरी श्रोत भन्छ हत्या गरिएकी  महिला मोरङ्गको  साविक कानेपोखरी गाविस वडा नम्वर ३ की थिइन्।  उनी पोखरा महानगरपालिका वडा नम्वर २५ स्थित फेदीमा रहेको एक  होटलमा काम गर्थिन्। उक्त होटल बाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ७ ज्यामिरेका  ४६ वर्षीय पूर्णबहादुर सुनारको थियो।

अझै नाम खुल्न नसकेकी ती महिलासँग उनले लसपस (शारारिक सम्पर्क) राख्दै आएका थिए। उनीसहित अर्की महिला पनि उनको होटलमा काम गर्दै आएकी थिइन्। अर्की महिलालाई उनले अर्को होटलमा काम लगाई दिइसकेका थिए। अर्की महिलासँगको शारारिक सम्पर्क  राख्दै आएको र ती महिलाले सुनारलाई छाड्न नचाहेपछि उनकी जेठी श्रीमती र पुर्णबहादुर सुनार तनावमा थिए।

यही क्रममा घर लगेर राख्छु भन्दै फकाएर उनले शान्तिपुर हुँदै उनलाई ल्याएर आएका थिए। पूर्णबहादुर सहित तीनजना पुरुषले  हत्या गर्ने योजना बनाएर आएका थिए। सोही अनुरुपम बाग्लुङ्ग र गुल्मीको सिमानामा पर्ने चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ ,  हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भिर जंगलमा ल्याई ती महिला र उनका दुई छोरीहरुको विभत्स हत्या गरेका थिए।

 उनका दुई जुम्ल्याहा छोरीहरु थिए।  तीमध्ये एउटीको नाम जमुना राना भन्ने खुलेको छ। अर्की छोरी र  उनी संगै हत्या गरिएकी ती महिलाको नाम खुल्न सकेको छैन। हत्या योजनाकारमध्ये एक जना फरार भएका छन्।

दुईजनामध्ये पुर्णबहादुर सुनार र उनका १६ बर्षीय भतिजा माधव सुनारलाई प्रहरीले  पोखरास्थि सोही होटलबाटै पक्राउ गरेको छ।  फरार एक जनाको पनि प्रहरी नजिर्क पुगेको जनाईएको छ। थप बिवरण आउन बाँकी रहेको छ।

गुल्मीमा तीनजनाको हत्या आशंकामा दुईजना पक्राउ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.