|

दाङ : सल्यानमा  जिप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। आठजना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा.१ज ४६० नम्बरको जिप जिल्लाको त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार बिहान सवा १० बजे दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ।

मुत्यु हुनेमा सोही गाउँपालिका-४ फलावाङ बस्ने ५९ वर्षीय योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परि घाइते हुनेहरूमा जिपचालक फलावाङ बस्ने २८ वर्षीय सन्देश परियार, सोही ठाउँ बस्ने २३ वर्षीया रिता रावत, ५ वर्षीया ज्योति रावत, ४ वर्षीया मोती रावत, ३२ वर्षीया सावित्रा खत्री, १६ वर्षीया तारा थापा रहेका छन्

त्यसैगरी, दाङ तुलसीपुर १ भमके बस्ने २१ वर्षीया राधा बोहोरा र तुलसीपुर ५ बस्ने २८ वर्षीया डिला बुढा रहेका छन्। घाइतेमध्ये राधा बोहोरा र रिता रावतलाई  थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ।

बाँकी घाइतेहरूको स्थानीय मेडिकल र दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.