|

 

काठमाडौं: सरकारको भैपरी खर्च प्रत्येक वर्ष बढ्दै गएको छ। अर्थमन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भ्रमण तथा स्वागत, आर्थिक सहायता र सरकारी कार्यलयको भौतिक सुविधाको लागि झण्डै सवा १० करोड रुपैयाँ निकासा गरेको छ।

अर्थमन्त्रालयले जारी गरेको विविध शीर्षकमा भएको निकासा तथा रकमान्तर विवरण अनुसार यी तीन शीर्षकमा मात्रै  १० करोड २१ लाख ९९ हजार ४ सय ६८ रुपैयाँ निकासा गरिएको छ। राजश्‍व अनुसन्धानको गाडीमा साढे २ करोड, भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणमा साढे ३१ लाख र सुजता कोइरालाको उपचारमा ५० लाख रुपैयाँ निकासा छ।

राजश्‍व अनुसन्धानको गाडीमा साढे २ करोड, भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणमा साढे ३१ लाख र सुजताको उपचारमा ५० लाख रुपैयाँ निकासा छ।

कुन शीर्षकमा कति खर्च?

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भ्रमण तथा स्वागत शीर्षकमा ९१ लाख ८८ हजार १ सय ३८ रुपैयाँ निकास गरिएको छ। त्यस्तै ५ महिनाको अवधिमा आर्थिक सहायता ८५ लाख ३० हजार १ सय ७ रुपैयाँ र भौतिक सुविधाको लागि ८ करोड ४४ लाख ८१ हजार २ सय २३ रुपैयाँ निकासा गरिएको छ।

भौतिक सुविधा

भौतिक सुविधाको लागि पेश भएका २० वटा विवरण अर्थ मन्त्रालयमा पेश भएकोमा ८ करोड ४५ लाख रुपैयाँ निकास भएको छ। २० विवरणमध्ये ६ वटा विवरणमा मात्रै झण्डै ६ करोड रुपैयाँ निकास भएको छ भने अन्य १४ विवरणको लागि साँढे २ करोड रुपैयाँ निकास भएको छ।

सबैभन्दा बढी राजश्‍व अनुसन्धान विभागमा सवारी साधन खरिद गर्ने प्रयोजनको लगि नपुग रकम २ करोड ४१ लाख रुपैयाँ निकासा गरिएको छ।  त्यस्तै यातायात व्यवस्था सुदृढीकरण आयोजना  अन्तर्गत चावहिल , कलंकी र भक्तपुरमा यातायात कार्यालय खोल्नको लागि १ करोड ९ लाख रुपैयाँ निकासा गरिएको छ। जिल्ला प्रशासन कार्यलय रुपन्देहीको लागि सवारी साधन खरिद गर्न ६९ लाख ७१ हजार रुपैयाँ निकासा गरिएको छ। त्यस्तै नेपाली राजदुतावास अष्ट्रेलियाको लागि सवारी साधन खरिद गर्न ६२ लाख ८४ हजार रुपैयाँ निकासा छ।

भ्रमण तथा स्वागत

भ्रमण तथा सेवागत शीर्षकमा बजेट माग गरिएका १० वटा विवरणमा ९१ लाख ८८ हजार १ सय ३८ रुपैयाँ अर्थ मन्त्रालयबाट निकासा गएको छ। १० वटा विवरण मध्ये ६९ लाख ७२ हजार रुपैयाँ चारवटा भ्रमण तथा सेवागत सम्बन्धि कार्यक्रमको लागि खर्च भएको छ। झण्डै ३३ लाख अन्य ६  भ्रमण तथा स्वागतको लागि निकासा गरिएको छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको क्रममा स्वागत गर्दा लागेको खर्च ३१ लाख ३७ हजार रुपैयाँ निकासा गरिएको छ। नेपाल भारत संयुक्त आयोगको चौथो बैठकमा परराष्ट्र मन्त्रीको नेतृत्वमा भारत जाँदा पकेट खर्च बापत १३ लाख ४४ हजार २ सय ४५ रुपैयाँ निकासा भएको छ।

त्यसै अर्थमन्त्रीको नेतृत्वमा विश्‍व बैंक र अन्तराष्ट्रिय मुद्राकोषको बैठकमा सहभागी हुदा १३ लाख ३९ हजार ३ सय ४६ रुपैया खर्च भएको छ। कृषि विकास मन्त्रीको नेतृत्वमा इटाली भ्रमणमा ११ लाख ५२ हजार ३ सय ८६ रुपैयाँ निकासा भएको छ।

आर्थिक सहायता

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आर्थिक सहयाताको लागि अर्थमन्त्रालयमा ८ वटा विवरण पेस भई जसअनुसार ८५ लाख ३० हजार १ सय ७ रुपैया निकासा छ। ८ वटा विवरण मध्य  ३ वटा विवरणको लागि मात्रै ७० लाख रुपैयाँ निकासा भएको छ।

धेरै निकासा भएको मध्ये पूर्व उप–प्रधानमन्त्री सुजता कोइरालाको उपचारको लागि ५० लाख रुपैयाँ निकास भएको छ।

राम्चे गोरखा हाल काठमाडौंमा बस्ने सन्तोष देवकोटाको उपचारको लागि १० लाख रुपैयाँ निकासा छ। त्यस्तै पूर्व मन्त्री पोष्टबहादुर वोगटी स्मृती प्रतिष्ठाको लागि १० लाख रुपैयाँ निकासा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.