|

दमक : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन्।

प्रेस युनियन माई पश्चिम क्षेत्रीय कमिटी झापाले शनिबार दमकमा गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले संशोधन प्रस्ताव पास हुने डरले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गर्न अवरोध गरेको बताए।

‘एमालेले लोकतान्त्रिक विधि र पद्धति विपरीत संशोधन विधेयक दर्ता गर्ने बेलामा विरोध गर्‍यो। यो अलोकतान्त्रिक कार्य हो। संशोधन विधेक जसरी पनि पास हुन्छ’, उनले भने।

संसदीय ब्यवस्था विपरीत गएर सडकमा उग्र राष्ट्रवादको नारा नलगाउन उनले एमालेलाई सुझाव दिए। 'आवश्यकता भन्दा बढी उग्र राष्ट्रवादको नारा सडकमा लगाउनु कति हीतकर हुन्छ एमालेले बुझ्नुपर्छ', उनले भने, 'जनताले बिस्तारै बुझ्दैछन्।'

संविधानको रक्षा र कार्यान्वयका लागि संविधान निर्माणका बेला एक भएका दलहरु पुनः जुट्नुको विकल्प नभएको समेत उनले बताए।

संविधान समय सापेक्ष जनताको चहाना अनुसार संशोधन हुने बताउँदै एमालेलाई विरोध नगर्न उनले आग्रह गरे।

संविधान कार्यान्वयनका लागि आन्दोलनरत मधेशी दलको मागलाई समेट्नु पर्ने उन बताए। मन्त्री केसीले यही जेठमा स्थानीय निर्वाचन गर्ने गरी माघ भित्र मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.