|

बैतडी : जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी नआएको जनाएको छ।  

बैतडीमा हिजो उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनको लागि बिहीबार बिहान ११ बजेदेखि ५ बजेसम्मको समय राखिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए।  

बैतडीका उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४ मा ३ जना, सुर्नया गाउँपालिका १ मा २ र पुर्चौैडी नगरपालिका ४ मा ३ जनाको उम्मेदवारी परेको छ। सुर्नया १ मा अध्यक्ष पदका नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो। 

पुर्चाैंडी नगरपालिका ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो। 

यस्तै दोगडाकेदार गाउँपालिका ४ को वडा अध्यक्ष पदका लागि नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता गराएका थिए। यस्तै भोलि उम्मेदवारबिरुद्ध परेको उजुरी उपर छलफल हुने र उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। 

यस्तै कात्तिक ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म नामावली फिर्ता लिने कार्यतालिका छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। 

मंसिर १ गते उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अगामाी मंसिर १४ गते उपनिर्वाचन तोकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.