देहीमाण्डौं–गिरेगडा–पञ्चेश्वर सडक स्तरोन्नति शुरु

|

बैतडी : बैतडीको देहीमाण्डौं–गिरेगडा–पञ्चेश्वर सडक स्तरोन्नति गर्ने कार्य बिहीबारदेखि शुरु भएको छ। सो सडक स्तरोन्नति गर्ने कार्यको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका हुन्।  

सडक स्तरोन्नति गर्ने कार्यको शिलान्यास गर्दै मन्त्री बोहराले सबै ठाउँमा सडक पुर्याउनका लागि प्रदेश सरकार लागि परेको बताए। उनले भने, 'विकास निर्माणका कामलाई समयमै सम्पन्न गरी नागरिकलाई महसुस हुने हिसाबले काम गर्नुपर्छ।' 

विस २०६६ सालमा जर्मन सहयोग नियोगको सहयोगमा ट्रयाक खुलेको सो सडकको १५ किलोमिटर स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएर काम शुरु गरिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। अहिले सो सडकको ४० किलोमिटर ट्रयाक खुलीसकेको छ भने स्तरोन्नतिको काम शुरु भएको छ। 

सडकलाई स्तरोन्नति गर्नका लागि चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले ठेक्का पाएको छ। ५ किलोमिटरको एक प्याकेज र १० किलोमिटरको एक प्याकेज गरी सडक स्तरोन्नतिका लागि ३० करोड बढीमा ठेक्का सम्झौता भएको छ।

आगामी अढाई बर्षभित्र सडक स्तरोन्नति गरिसक्ने लक्ष्यसहित स्तरोन्नतिको काम शुरु भएको हो। सो सडक स्तरोन्नति हुने भएपछि स्थानीय पनि खुसी भएका छन्। सो सडकमा अहिलेसम्म विभिन्न समयमा भएका दुर्घटनाका कारण १० जनाले ज्यान गुमाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.