|
Title Photo : माघे सङ्क्रान्ति पर्वको अवसरमा शनिबार बेनीमा आयोजित कार्यक्रममा सहभागी मगर युवती। फोटो: सन्तोष गौतम,रासस

काठमाडौं : माघी पर्व अर्थात माघे संक्रान्ति शनिबार देशभर मनाइयो। यस पर्वलाई थारु, मगर लगायत नेपाल आदिवासीहरुले नयाँ वर्षका प्रारम्भका रुपमा समेत मनाउने गरेका छन्। माघीका अवसरमा 'चेलीवेटी पुज्‍ने' अर्थात चेलिवेटीलाई विशेष सम्मान दिने गरिन्छ। यस क्रममा लिइएका केही फोटोहरु :

 काठमाडौँको टुँडिखेलमा शनिबार हर्षोल्लासका साथ माघी मनाउँदै थारु समुदायका युवती। फोटो (२-८) : रोशन सापकोटा, रासस 

उपप्रधानमन्‍‍त्री विमलेन्द्र निधी काठमाडौंको टुँडिखेलमा आयोजित थारु समूदायको कार्यक्रमलाई सम्बोधन गर्दै। फोटो : रोशन सापकोटा, रासस 

दाङको बाह्रकुने दहमा शनिबार लागेको माघी मेलामा स्थानीयवासीको भीड। फोटो : बालाराम खड्का, रासस

नारायणी किनारमा चितवन महोत्सवमा प्रदर्शनका क्रममा आदिवासी जनजातिको परम्परागत घरमा सेल्फी खिच्दै थारु युवती। फोटो : नारायण ढुंगाना

उपराष्ट्रपति नन्दबहादुर पुन माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर संघ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको उद्घाटनमा। फोटो : सानेबहादुर नेपाली, रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.