समाज : सुरक्षा/अपराध

सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

कात्तिक २९, २०७६

    बैतडी : महिलालाई सामूहिक बलात्कारको आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 

    उनीहरुमाथि कात्तिक २६ मा साँझ मेलौली जात्रामा मानसिक सन्तुलन गुमाएकी ४५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कारको आरोप छ। पीडित पक्षको किटानी जाहेरीको आधारमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    पक्राउ परेका दुवैमाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]