|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोज सकिनै लाग्दा हिमाली र पूवी पहाडका जिल्लामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरूको अभाव हुन थालेको छ।

मन्त्रालयका अनुसार समायोजनमा धेरैले सुगम र आफूलाई पाय पर्ने ठाउँका स्वास्थ्य संस्थाहरू रोजेपछि अहिले पूर्वी पहाडी र हिमाली क्षेत्रका स्वास्थ्य संस्थामा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीहरूको अभाव सुरु भएको हो।

मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव शिवराम न्यौपानेका अनुसार अहिले कर्णाली प्रशेका जिल्लाभन्दा हिमाली क्षेत्र र पहाडी क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यका कर्मचारीहरू अभाव हुँदै गएको छ। अभाव भएका ठाउँमा संघमा र प्रदेशमा धेरै दरबन्दीमा रहेका र फाजिलमा रहेकाहरूलाई पठाइने उनले बताए।

‘धेरैले सुगम तथा आफूलाई सजिलो हुने स्थानमा समायोजन रोजेपछि हाल पहाडी र हिमाली जिल्लामा चिकित्सक र अन्य कर्मचारीको स्थान खाली छ' उनले भने 'त्यसको लागि अब हामी धेरै दरबन्दी भएका ठाउँका कर्मचारी पठाउने छौँ।‘

स्वास्थ्यमा रहेका २७ हजार ५ सय कर्मचारीमध्ये ८ हजारले समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन्। करिब २७ हजार स्वास्थ्यको कर्मचारीको समायोजन भएकोमा संघमा २७ सय, स्थानीय तहमा २२ हजार र अरू सबै प्रदेशस्तरमा समायोजन भएको समेत मन्त्रालयले जनाएको छ।

यता, सकायोजन भएर गएका स्वास्थ्यकर्मीहरूलाई धेरै पालिकाहरूले कर्मचारीलाई हाजिर गराउन मानेका छैनन्। कतिपय पालिकाले भने दरबन्दीभन्दा धेरै कर्मचारी भएको भन्दै तलब खुवाउने सुनिश्चिता मन्त्रालयले दिए मात्र हाजिर गराउन सक्ने व्यहोराका चिठी नै पठाउन थालेका छन्।

तर, हाल स्वास्थ्यका कर्मचारीको समायोजनमा भएका कर्मचारीहरूले भने समायोजन भएको स्थानीय तहमा हाजिर गर्न नपाएको भन्दै मन्त्रालय धाउन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.