|

युवा र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको बीबीसी नेपाली सेवाले जनाएको छ। उत्तरी लन्डनस्थति आफ्नै निवासमा उनको निधन भएको समाचारमा उल्लेख छ।

शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएको समाचारमा जनाइएको छ। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए। 

लाखौं फ्यान स्तब्ध

सामाजिक सञ्जालका प्रयोगकर्तामाझ निकै लोकप्रिय रहेका यम बुद्धको निधनको खबर भाइरल भएपछि धेरैले उनीप्रति समवेदना प्रकट गरेका छन्। धेरैले उनको निधनको समाचार झुठो होस् भनेर कामना गरेका छन्।  

साथी, आमा, पोखरा लगायतका चर्चित र्‍याप गाएका यम बुद्ध पछिल्लो समय आफ्नो नयाँ एल्बम 'खतरा' को तयारीमा थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.