प्रहरीले प्रमाण पुग्‍ने गरी अनुसन्धान नगरेको ठहर

|

काठमाडौं : ठगीको अभियोगमा पक्राउ परेका उद्यमी रुप ज्योतिविरुद्ध मुद्दा नचल्ने भएको छ।  जिल्ला अदालत सरकारी वकिलको कार्यालय काठमाडौंले रुप ज्योतिविरुद्ध ठगीको मुद्दा चलाउन नमिल्ने राय जिल्ला अदालत काठमाडौंलाई दिएको हो। 

जिल्ला अदालत सरकारी वलिको कार्यालय काठमाडौंका वकिल चन्द्रकान्त खनालले उद्यमी ज्योतिविरुद्ध मुद्दा नचलाउने राय अदालतमा दिइएको जानकारी दिए। 

‘प्रहरीले गरेको अनुसन्धानबाट ठगीको मुद्दा चलाउन प्रमाण नपुग्ने भएकाले मुद्दा नचलाउन राय दिइएको छ’, खनालले भने।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई पनि हिरासतमा रहेका उद्यमी ज्योतिलाई रिहा गरिदिन भनेर लेखि पठाएको छ। 

उद्यमी ज्योति पक्राउ परेपछि प्रहरी र शक्तिमा रहेका केही व्यक्तिले उनीविरुद्ध रिसइवी साँध्न खोजेको भन्दै व्यवसायीले आन्दोलन नै थालेका थिए। 
बाँसबारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि  बढ्दै गएको विवाद यो अवस्थासम्म आएको थियो। 

सम्झौतामा ६ आना ३ दाम २.१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख गरिएको जनाइएको छ। त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएको जनाएका थिए। 

ल्याण्डमार्क घर बनाउन सिई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । तर त्यसमा घर नबनेपछि मल्लले आफू ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए। 

मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। त्यही केसमा प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो।

त्यही आदेश अनुसार ज्योतिलाई सिंगापुरबाट फर्किने क्रममा प्रहरीले गत २१ गते त्रिभुवन विमानस्थलबाट छोरी सुरुचीसँगै पक्राउ गरेर हिरासतमा लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.