|
फाइल फोटो

रौतहट : जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आलमलाई शुक्रबार जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनलाई जिल्लाको गौर कारागारमा राख्न पनि आदेशमा लेखिएको छ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला अदालतले आलमलाई थुनामा पठाएको हो।

आलम अब जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च अदालत जान सक्नेछन्। पुर्पक्षका लागि अदालतले थुनामा पठाएसँगै आलमको सांसद पद स्वतः निलम्बनमा परेको छ। उनी संघीय संसदको प्रतिनिधिसभामा निर्वाचित सांसद थिए।

आलमले २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोलेर बुथ कब्जा गर्नका लागि जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनाविरुद्ध उक्त घटनामा अभियुक्त बनाएर जिल्ला अदालत रौतहटमा तीनवटा फरक अभियोग पत्र दर्ता गराएको थियो।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको थियो। अन्य एक अभियुक्तलाई मतियारको रूपमा सजाय मागिएको थियो।

यस्तो छ आलमलाई थुनामा पठाउने आदेश

आलमविरुद्ध आएको आदेश यस्तो छः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.