|

कञ्चनपुर : भारतले गरेको सीमा अतिक्रमणविरुद्ध प्रगतिशील लेखक संघले कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। सीमा अतिक्रमणविरुद्ध व्यंग्यात्मक कविता, गजल, मुक्तक र कथावाचन गरिएको हो।

सीमा अतिक्रमणविरुद्ध केन्द्रित रही साहित्यका माध्यमबाट विरोध गर्नका लागि कार्यक्रमको आयोजना गरिएको साहित्यकार जगदिश ओझाले बताए। भारतले नेपालको सीमा अतिक्रमणविरुद्ध स्थानीय साहित्यकारले कविता, मुक्तक र गजलमार्फत तिखो प्रहार गरेका थिए। 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक लगायतका क्षेत्र भारतमा रहेको देखाइएपछि साहित्यका माध्यमबाट पहिलो पटक भीमदत्त नगरमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.