|

चितवन : जंगली हात्तीको आक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ। माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरुवाबाट बादरझुलातर्फ लु३१प २९११ नम्बरको मोटरसाइकलमा गइरहेका उनीहरुलाई बाटोमा शनिबार बिहान ९:३० बजे जंगली हात्तीले आक्रमण गरेको थियो। दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए।

घटनालगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीय घटनास्थलमा पुगेका छन्। चितवन राष्ट्रिय निकुन्जले घेरिएको माडीमा वन्यजन्तुको आक्रमणबाट पटकपटक ठूलो धनजनको क्षति भइरहेको छ। यसअघि एक महिना अघि पनि एक वृद्दाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.