|

सोलुखुम्बु : सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई ‘शुरवीर’लाई पितृशोक परेको छ। सांसद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ वर्षको उमेरमा निधन भएको हो।  

दम रोगबाट पीडित राईको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव शरीरलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षण अस्पतालमै पुगी श्रदाञ्जली अर्पण गर्दै पार्टीको झण्डा ओडाएका छन्। यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, कांग्रेस नेता प्रकाशसिं कार्की, थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष एमं गाउँपालिका महासंघ प्रदेश १ का कोषाअध्यक्ष असीम राई पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

श्रद्धाञ्जलीसभा सकिएपछि पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारका लागि गृह जिल्ला सोलुखुम्बु ल्याउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.