करेन्ट लागेर दुई बालकको मृत्यु

|
प्रतीकात्मक फोटो

विराटनगर : मोरङ कानेपोखरी गाउँपालिका-१ होक्लाबारीका ५१ वर्षीय विजय किस्कु र निजको भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुले सोही स्थानकी ५५ वर्षीया सीता सोरेनको हत्या गरेका छन्।

शुक्रबार साँझ ५ बजे भाइहरूले जग्गाको विषयमा विवादमा दिदी सोरेनलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइते उनलाई उपचारका लागि विराटनगर अस्पताल ल्याइएको थियो। उनको उपचारकै क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दिदीलाई कुटपिट गर्ने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

करेन्ट लागेर दुई बालकको मृत्यु

मोरङ र सुनसरी जिल्लामा शुक्रबार करेन्ट लाग्दा दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका-५ सुनौलीचोक बस्ने विकास मगरको ८ वर्षीय छोरा रोहन मगर र सुनसरी बर्जुगाउँपालिका-३ अमडुवा दुर्गाटोल बस्ने रंजित रायका ९ वर्षीय छोरा आचल राय रहेका छन्।

मगरको मृत्यु सुनौलीचोकस्थित खोक्सीमा रहेको बूढीखोलामा दिउँसो ३ बजेको माछा मार्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

यसैगरी रायको भने आफ्नै घरको बरण्डामा सुकाएको कपडा झिक्दा अचानक नांगो तारले हातमा करेन्ट लागि घाइते भई बेहोस भएका थिए। उनलाई उपचारको लागि विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.