|

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ। प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका छन्।

प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रुपमा कार्यकारी अधिकार प्रचण्डलाई दिइएको थियो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेबारी दिने ओलीको तयारी छ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि संवोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन्। वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँको दूरी पनि घटाएका छन्। अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.