|

मुगु : हिमाली जिल्ला मुगुका विभिन्न गाउँ बस्तीमा  सडक नाटक मार्फत सस्थांगत सुत्केरी गराउन प्ररित गराउन सडक नाटक मार्फत सचेतना फैलाउने क्रमले तिब्रता पाएको छ। 

गाउँ घरमा अझै पनि घरमै सुत्केरी हुने र अकालमा मुत्यु हुनेक्रम नरोकिएकाले सुत्केरी आमालाई स्वास्थ्य संस्थमा सुत्केरी हुदाँ हुने फाईदा र घरमै सुत्केरी हुदा हुने पीडालगायत बिषय समेटेर आमा नामक सडक नाटक प्रर्दशनले तिब्रता पाएको हो। 

कोईका र यूनीसेफ नेपालको सहयोग  कर्णाली सामुदायिक विकास केन्द्रको साझेदारी तथा कर्णाली थ्रिएटर मुगुको आयोजनमा मुगु जिल्लाका सोरु गाउँपालीका का ८ स्थानमा मुगुमकामरोगं गाउँपालस्का ८ स्थान तथा छायाँनाथ रारा नगरपालीकाका ८ स्थान गरी २४ स्थानमा सन्देश मुलक सडक नाटक आमा प्रर्दशन गरीने साझेदार सस्था कर्णाली सामुदायिक विकास केन्द्रका संयोजक हरि बहादुर शाहीले जानकारी दिए।

समुदायमा भएका  गर्भवती महिलाहरुलाई संस्थागत सुत्केरी गराउन, गर्भवती भएको समय स्वास्थ्य जाँचका वारेमा जानकारी दिन, बच्चालाई लगाउने खोप  र स्वास्थ्य संस्थावाट प्रवाह हुने सेवाका वारेमा र स्वास्थ्य संस्थावाट सेवा नलिदा हुने बेफाईदाका वारेमा सडक नाटक मार्फत जानकारी गराईने छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.