|
Photo: India.com

पटना: भारतको पटनास्थित गंगा नदीमा डुंगा डुब्दा कम्तिमा २३ जनाको मृत्यु भएको छ । सबलपुरबाट पटनाघाटतिर फर्किंदै गरेको डुंगा शुक्रबार बेलुकी दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बालबालिकासमेत रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १० जनाको जीवितै उद्धार गरिएको छ । हराएकाहरुको खोजी आइतबार बिहान पनि जारी छ ।

डुंगा बढि भारका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका बेला डुंगामा ४० देखि ६० जना रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मकर संक्रान्तिका दिन आयोजना गरिने चंगा उडाउने उत्सवमा भाग लिएर फर्किंदै गरेकाहरु चढेको डुंगा पल्टिएको हो । भार थेग्न नसकेर डुंगा बीचमै भाँचिएको बताइएको छ ।

केही यात्रु आफैँ पौडिएर बाहिर निस्किएका थिए भने केहीलाई नदी किनारमा रहेकाहरुले उद्धार गरेका थिए । दुर्घटनाको दुई घण्टापछि मात्रै उद्धार सुरु गरिएको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाको छानविन गर्न आदेश दिँदै मृतकका परिवारलाई ४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.