|

बारा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री भट्टराईले विमानस्थल प्रभावित टांगियाबस्तीको स्थान्तरणको लागि प्रस्तावित ठाउँको निरीक्षण गर्ने र सरोकारवालासँग अन्तरक्रिया गर्न सुरु गरेका हुन्।

मन्त्री भट्टराईले जीतपुरसिमरा १६ को डकाहा र वडा १७ को लामिडाँडाको निरीक्षण गरेका छन्। मन्त्रीको स्वागतका लागि आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए।

मन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन्। उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रीपरिषद्ले निर्णय गर्ने बताए। टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्।

निरीक्षणमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, संघीय सांसद रामबाबु यादव, रामसहाय यादव , पूर्वसभासद जयराम दाहाल, गोपाल ठाकुर, बलवीर चौधरी, प्रदेश सभाका सांसद ज्वाला साह, त्रिलोकी चौधरी, सुन्दर विक, सीता गुरुङ, सारदाशंकरप्रसाद कलवार, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेसमेत सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.