|

वासिङटन​ : २० जनवरीका दिन ह्वाइट हाउसबाट विदा हुने तयारीमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीहरु साशा (१५) र मालिया (१८) लाई पूर्व राष्ट्रपति जर्ज डब्लू बुशका जुम्ल्याहा छोरीहरुले खुला पत्र लेखेका छन्। ३५ वर्षीया बारबरा र जोना बुशले ओबामापुत्रीहरुको नाममा तयार पारेको खुला पत्रमा लेखेका छन्, 'अब तिमीहरु संसारको बोझबाट मुक्त भयौ, तिमीहरुलाई गल्ती गर्ने छुट छ, यसबाट सिक र अघि बढ ।'

बुशपुत्रीहरुले ८ वर्षअघि ह्वाइट हाउस छाड्दै गर्दाको आफ्नो अनुभव यस पत्रको माध्यमबाट ओबामापुत्रीहरुसँग बाँडेका छन्। 

'प्रिय मालिया र साशा आठ वर्षपहिले नोभेम्बरमा हामीले ह्वाइट हाउसमा तिमीहरुको स्वागत गरेका थियौँ। जब तिमीहरु आफ्नो नयाँ घर हेर्दै थियौ, त्यतिबेला तिमीहरुको आँखामा चमक देखेका थियौँ।'

पत्रमा अघि लेखिएको छ, 'अब तिमीहरु एक खास क्लब (पूर्व राष्ट्रपतिका छोराछोरी सम्मिलित)मा सामेल हुँदैछौ। अब यस्तो जिन्दगीमा प्रवेश गर्दैछौ, जुन सायदै तिमीहरुले कल्पना गरेका होलाऊ । यसका लागि कुनै मार्गदर्शन हुनेछैन । तर, जिन्दगीमा तिमीहरुले धेरै गर्न बाँकी छ। अब आफ्ना चर्चित बुबा-आमाको छायाँबाट निस्किएर आफ्नै इतिहास लेख्नुपर्नेछ । यसका लागि तिमीहरुसँग ८ वर्षको अनुभव हुनेछ, जुन अवधिमा तिमीहरुले धेरै कुरा देख्यौ र सिक्यौ पनि।'

बुश दिदीबहिनीले अगाडि लेखेका छन्, 'कलेज जीवनको मज्जा लिनु, जसरी हामीले लियौँ । अब तिमीहरुको काँधमा दुनियाँको बोझ हुनेछैन। आफ्नो चाहनाअनुसार अघि बढ्न सक्छौ। आफू को हुँ, चिन्ने कोशिश गर। गल्ती पनि गर्न सक्छौ, अब तिमीहरुलाई यो छुट छ।'

'असल साथीहरुको बिचमा रहनु, जसले तिमीलाई राम्रोसँग चिन्छन्, मन पराउँछन्, माया गर्छन्। यस्ता साथी हाम्रालागि कवचसरह हुन्। जसले तिम्रो मूल्याङ्कन गर्छन्, उनीहरुले तिमीलाई माया गर्दैनन् । उनीहरुको कुरालाई खासै ध्यान नदिनु, आफ्नो अन्तरमनको कुरा सुन्नु।

उनीहरुको पनि ख्याल राख्नु, जसले ह्वाइट हाउसमा तिमीहरुको रेखदेख गरे । सधैँ छायाँजसरी तिमीहरुलाई पछ्याउने सुरक्षा कर्मचारीहरुलाई पनि नबिर्सिनु, पिछा गर्नु कसैलाई सुहाउँदैन, यति हुँदाहुँदै पनि उनीहरु नै त्यस्ता व्यक्ति हुन्, जसले तिमीहरुका लागि आफ्नो जीवनलाई किनारामा राखे।

कान्छी छोरी साशाको हाइस्कुलको पढाइ नसकिएकाले ओबामा दम्पती २० जनवरीपछि पनि वासिङटनमा नै रहनेछन्। जेठी छोरी मालिया भने हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दैछिन्।
 

राजनीतिबाट टाढा छन् बुशपुत्रीहरु

पूर्व राष्ट्रपति बुशका दुवै छोरी राजनीतिबाट टाढा छन्। जोना एनबीसी न्यूज रिपोर्टर हुन् भने बारबरा नन प्रोफिट अर्गनाइजेशन ग्लोबल हेल्थ कर्प्सकी सह-संस्थापक तथा अध्यक्ष हुन्।

दैनिक भाष्करबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.