|

काठमाडौं :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको जनाएको छ।

ट्राफिक महाशाखा परिसर प्रमुख भिमप्रसाद ढकालका अनुसार लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको हुनाले उक्त अभियान थालेको आइतबार एक सूचना जारी गरिएको छ। 

प्रमख ढकालले लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तर्गत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको जानकारी दिए। उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही गरिने प्रमुख ढकालले बताए।

महाशाखाले अन्य मादक पदार्थ सेवन (मापसे) जाँच तथा ट्राफिक नियम उल्लंघनविरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.