|

काठमाडौं : प्रहरीले अवैधरुपमा हुन्डी कारोबारमा संलग्न एकजना भारतीय नागरिकलाई राजधानीको कुलेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना भएका ५७ वर्षीय सत्यनारायण प्रसाद रहेका छन्। 

उनलाई महानगरीय प्रहरी बृत्त कालीमाटीको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीका अनुसार प्रसादको कोठाबाट ३६ लाख रुपैयाँ नदग, ३७ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्‍न बैंकको साट्न बाँकी चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद भएको छ।

प्रसादलाई बरामद नगद र चेकसहित थप कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग पुल्चोकमा बुझाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.