|
फाइल तस्विर

जाजरकोट : सुत्केरी हुँन नसकेर ज्यान जोखिममा रहकी कुशे गाउँपालिका ६ की ४५ वर्षीया रत्न शाहीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

शाहीलाई शनिबार हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए।

घरङ स्वास्थ्य चौकीमा कात्तिक ३० गते उपचारका लागि पठाए पनि त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले बाहिर लैजान सल्लाह दिएका थिए।

शाहीलाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो। शाहीको अहिले सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.