|

कञ्चनपुर : जिल्लाको कृष्णपुर नगरपालिका ३ देखतभूलीका दुई जना युवाको मोटरसाइकल दुर्घटनमा मृत्यु भएपछि आक्रोसित आफन्तले क्षतिपूर्तिको माग गर्दै अबरुद्ध गरेको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ। 

मृतकका आफन्त र मोटरसाइकल ठोक्किँएको ट्रकका सञ्चालक बीच इलाका प्रहरी कार्यालय झलारीमा भएको छलफल भएको थियो। किरिया खर्च उपलव्ध गराउने र बिमा बापतको रकम उपलव्ध गराउने सहमति भएपछि अबरुद्ध सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए।

‘किरिया खर्चवापत मृत्यु भएका दुवै जनाका परिवारलाई तत्काल २५/२५ हजार उपलव्ध गराउने र त्यसपछि बिमा वापतको रकम उपलव्ध गराउने सहमति भएको छ’ उनले भने। मृतकका आफन्तलाई कुटपिट गर्ने प्रहरीमाथि समेत कारवाही हुनुपर्ने पीडित पक्षले माग राखेको छ।

क्षतिपूर्ति र कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गर्दै आइतबार दिनभर मृतकका आफन्त र स्थानीयले इप्रका झलारी घेराउन गर्नुका साथै प्रदर्शन र पूर्व पश्चिम राजमार्ग केही समयका लागि अबरुद्ध गरेका थिए। 

शनिबार राति कृष्णपुरको बाणी बजारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.