|

पर्सा : राष्ट्रिय जनता पार्टी (संयुक्त)ले केन्द्रीय महासचिव राजेशमान सिंहलाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पेको छ।

प्रदेश-२ को एक मात्र महानगरपालिका भएको जिल्लामा राजेशमान सिंहबाहेक अरूले राजनीतिक सक्रियता देखाउन नसक्ने भन्दै स्थानीय नेता कार्यकर्ताको माग अनुसार सर्वसम्मत पार्टी महासचिवलाई जिल्लाको नेतृत्व सुम्पिएको हो।

राजपाको वीरगन्जको होटल पुजनमा आइतबार सम्पन्न जिल्ला सम्मेलनको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् पर्वेक्षक जुनैल राईन्ले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सिंहलाई नै दिएको घोषणा गरेका हुन्। सिंह जिल्ला अध्यक्ष भएपछि स्वत: महासचिवको पद रिक्त भएको छ।

गत कात्तिक ८ गते बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टीको अधिवेशन नहुन्जेलसम्म पार्टीलाई क्रियाशील रूपमा संचालन गर्न निर्देशिका बनाई जिल्ला सम्मेलनमार्फत् एउटै तदर्थ समितिबाट अगाडि बढ्ने उपाध्यक्ष राईन्ले बताए।

'पार्टीकै नीतिअनुरुप कात्तिक ३० गते शनिबार वीरगन्जको होटल कुमु प्यालेसमा विस्तारित बैठक आयोजना गरिएको थियो', उपाध्यक्ष राईन्ले भने, 'त्यही बैठकको निर्णयको आधारमा आज जिल्ला सम्मेलन गरी पार्टी तथा जनवर्गिय संगठनहरूको तदर्थ समिति सर्वसहमतिबाट चयन गरिएको हो।'

नवगठित तदर्थ समिति ५१ सदस्यीय छ। जसको उपाध्यक्षद्वयमा मदनप्रसाद यादव, जटाशंकर गुप्ता रहेका छन्। त्यसैगरी सचिवमा उमेशलाल सहनी रहेका छन्। पार्टीको क्षेत्रीय कार्य समिति प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्षमा अयुब मियाँ, क्षेत्र नम्बर २ का अध्यक्षमा बैजुलाल स्वर्णकार, पर्सागढी र पोखरीया नगर कार्यसमितिको अध्यक्ष पदमा नितेश मिश्रा र प्रयाग चौहानलाई जिम्मेवादी दिएको छ।

त्यसैगरी राष्ट्रिय युवा संघ जिल्ला कार्य समितिको अध्यक्षमा सुशील कुमार पटेल, युवा दस्ता जिल्ला समितिका अध्यक्ष शत्रुधन प्रसाद कुर्मी, राष्ट्रिय महिला संघ जिल्ला कार्य समिति अध्यक्षमा प्रतिमा सिंह, दलित संहका अध्यक्षमा रेखा देवी पासवान, विद्यार्थी संघका जिल्ला अध्यक्षमा मधुसुदन चौरसिया रहेका छन्।

सम्मेलनले मजदुर संघका अध्यक्षमा रेहान अंसारी, राष्ट्रिय शिक्षक संघको जिल्ला अध्यक्षमा उमेश ठाकुर, किसान संघको जिल्ला अध्यक्षमा अम्बिका राउत, निजामती कर्मचारी संघका सन्तोष साह, राष्ट्रिय कानुन व्यवसायी संघका जिल्ला अध्यक्षमा मेराज मियाँ लगायत जनवर्गिय गठनको तदर्थ समिति गठन गरिएको घोषणा गरेको हो। नवनियुक्त पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राईन्ले अबिर, टीका र माला लगाई स्वागत र सम्मान गरेका थिए।

जिल्लामा दुई खेमामा विभक्त राजपामध्ये अर्को गुटको जिल्ला अध्यक्षमा जगदीश पटेललाई चयन गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.