|

काठमाडौं : चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक भएको एक दिनमा नै युट्युबमा लोकप्रिय भएको छ। शनिबार सार्वजनिक भएको ट्रेलरमा नेपाल र स्वीटजरल्याण्डमा छायांकन गरिएका बिभिन्न दृश्यहरु देखाइएको छ। 

पचास प्रतिशत छायांकन स्वीटजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा गरिएको यो चलचित्रको बाँकी छायांकन नेपालका गरिएको छ। हलिउडका कलाकार ओलिभर ब्लुर्कको पनि अभिनय रहेको यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारले अभिनय गरेका छन्।

चैत्र ११ गते प्रदर्शनमा आउने चलिचत्र 'लप्पन छप्पन'मा नायिका बर्षा सिवाकोटीलाई न्यू लुकमा प्रस्तुत गरिएको छ। मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको चलिचत्र पुरुषोत्तम प्रधानले खिचेका छन् भने चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत रहेको छ। यस्तै चलचित्रमा प्रकाशजंग शाह र प्रवेश पौडेलको कथा रहेको छ।

डम्बरबहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन्।

हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.