|

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरुबीचकै कार्यविभाजनको विषय पनि उठेको छ।

विगतका सहमतिप्रतिको बुझाइ फरक फरक हुन थालेपछि मन्त्रिपरिषद् फेरबदलसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या गर्नुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको समाचार कान्तिपुर दैनिकमा छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा पनि दुई अध्यक्षको कार्यविभाजन कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको थियो।

अध्यक्षद्वयबीच गत साउनमा दाहालले पार्टी र ओलीले सरकार चलाउन सहमति भएको थियो। त्यतिबेला ओलीले उक्त सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए।

दाहाल निकट नेताले भने, ‘दुई अध्यक्षबीच यो गाँठो जति छिटो फुक्छ, त्यति नै छिटो अरु विषयमा सहमति हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.