|

काठमाडौं : चलचित्र निर्देशक निश्चल बस्नेतले नृत्य गरेको आइटम डान्स हिजोआज युट्युबमा निकै चर्चित छ। चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतमा त निश्चलको कला धेरैले देखिसके। युट्युबमा अर्को गीत पनि छ जसमा बस्नेतले हट नायिका माला लिम्बुसँग आइटम डान्स गरेका छन्।

करिब एक हप्ता पहिले मात्र छायांकन भएको चलचित्र ‘पर्व’को ‘काले दाई काले’ बोलको आइटम नृत्यको भिडियो अहिले युट्युबमा धेरै रुचाइएको छ। चैत २५ गते रिलिज हुने चलचित्रको उक्त गीतमा माला र निश्चलको नृत्य छ।

गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको छ। दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई निकिता पौडेल र सुवास गिरीले निर्माण गरेका हुन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचेका हुन्।

सस्पेन्स–थ्रीलर चलचित्र पर्व गोपी कृष्ण टीभी फिल्म र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। यस चलचित्र पर्वमा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, माला लिम्बु, जेबिका कार्की, केशव भट्टराई, अमितेश शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतले अभिनय गरेका छन्।

हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.