|

काठमाडौं : सबै ठिकठाक थियो। तर प्रशिक्षक योहान कालिनले सोचेजस्तो केहिपनि भएन्। कुरा गत सेप्टेम्बरको हो जतिबेला नेपाल विश्वकप एसिया छनोट अन्तर्गत समुह ‘बि’ बाट पहिलो खेलमा प्रतिष्पर्धाका लागि कुवेतमा थियो। 

कालिनलाई प्रतियोगितात्मक डेब्युमानै झस्काउन पर्याप्त बनेको थियो नेपाल र कुवेत बिचको त्यो खेल। जहाँ नेपाल अप्रत्यासित रुपमा ७–० ले पराजित भयो। अझैपनि कालिन त्यति ठुलो र फराकिलो हारको कल्पनासम्म पनि गर्न सक्दैनन्। किनकी उनकै नेतृत्वमा त्यसअघि मार्चमा कुवेत विरुद्धनै दुई मैत्रिपुर्ण खेलमा नेपालले एक खेलमा एतिहासिक गोलरहित बराबरी खेलेको थियो भने अर्को खेलमा नेपालले केवल १–० को हार ब्योहोरेको थियो।

कालिनलाई धेरैले ७ गोल खाएपछि मैत्रिपुर्ण खेलमा कुवेतका सबै खेलाडी थिएनन् र नेपालले बराबरी खेल्यो भन्ने गर्छन् तर अबस्था त्यस्तो होइन्। नेपाल पनि आफ्नो बलियो स्क्वाड बिनानै थियो। कालिनले तत्कालीन कुवेत विरुद्धको मैत्रिपुर्ण खेलमा ६ खेलाडीलाईत डेब्युको मौका दिएका थिए। 

त्यसैले पनि कालिन पछिल्लो समय केहि सोचिरहेका थिए। उनले खेलाडीको पछिल्ला गतिविधिलाई सुष्म अध्यन गरिरहेका थिए। आखिर स्टार स्क्वाडमा कहाँनेर त्रुटी भयो भनेर। कालिनले सोचेभन्दा अबस्था निकै फरक रह्यो। उनले सायदै अनुमान गरेका थिए। खेलाडीले उनलाई त्यतिधेरै धोका देलान भनेर। कुरो गत शनिबारको हो। 

खेलाडीहरुको विदाईका लागि एन्फामा तयारी चलिरहेको थियो। तर कालिन भने एन्फा पधाधिकारीसँग गोप्य बैठकमा थिए। उनी शुभसमाचारका लागि त्यहाँ थिएनन्। थिएत केवल आफ्ना खेलाडीको गलत आचरणको दण्डको तय गर्नका लागि। उनले कुनै संकोच नलिकनै निर्णय गरेकी अब स्क्वाडबाट चार खेलाडी रहने छैनन्। त्यो पनि स्टार खेलाडीहरु विमल घर्तीमगर, अञ्जन विष्टसहित सन्तोष तामाङ र दिनेश राजवंशी। अञ्जनत ति खेलाडी हुन्।  जसले विश्वकप छनोटको दौरान केहि समय अघि चाइनिज ताइपेविरुद्ध सनसनिपुर्ण दुई गोल गरे। अझ उनले नेपाललाई पहिलो महत्वपुर्ण जित दिलाए त्यो पनि अवे खेलमा। तर खेलाडीको खेलमात्र होइन कालिनले अनुशासनपनि उतिकै महत्वपुर्ण हुने कुरा निश्चित गर्दिए। 

उनीहरुलाई टिमबाहिर राखेर। त्यसोत सन्तोष पनि कालिनले निकै विश्वास गरेका खेलाडी हुन्। गत मार्चमा कुवेतविरुद्धने डेब्यु गरेयता उनी प्रायजसो टिममा नियमित सदस्यका रुपमा रहेका छन्। 

तर प्रश्न खेलाडीले मध्यरातमा ठमेलमा बरालिनुको मात्र होइन्। उनीहरु त्यहाँ जान केका लागि उद्दत भए? आखिर उनीहरुले त्यति ठुलो जोखिम लिन किन तयार भए? सागको क्लोजक्याम्पमा रहेका खेलाडी एकाएक एलओडि मात्र पुगेनन्। उनीहरु रातभर मदिरा पिएरै ठमेलमा बरालिए। एन्फा अहिले त्यहि प्रश्नको वरीपरी रुमलिरहेको छ।  त्यसअघिका हर्कतमा मौन एन्फा एकाएक एक्सनमा आउनुका पछि धेरैले कतै खेलाडी सेटिङमा त थिएनन् भनेर अनुमान लगाइरहेका छन्। 
धेरैको एउटै प्रश्न छ रमाइलोकै लागि मात्रै खेलाडी ठमेल पुगे? या अरुनै केहि चिज भइरहेको थियो?’ कालिनले पनि आफ्ना महत्वपुर्ण खेलाडीलाई स्क्वाडबाट हटाउँदै गर्दा केहि राहत महुसस पक्कै गरे। अर्थात अब कुवेतविरुद्ध पुरानो नतिजा दोहिरिने छैनकी भने विश्वास उनले खेलअघिको प्रिम्चया कन्फ्रेन्समा स्पष्ट रुपमा भने। 

खेलाडीहरुको विदाईका लागि एन्फामा तयारी चलिरहेको थियो। तर कालिन भने एन्फा पधाधिकारीसँग गोप्य बैठकमा थिए। उनी शुभसमाचारका लागि त्यहाँ थिएनन्। थिएत केवल आफ्ना खेलाडीको गलत आचरणको दण्डको तय गर्नका लागि। उनले कुनै संकोच नलिकनै निर्णय गरेकी अब स्क्वाडबाट चार खेलाडी रहने छैनन्। त्यो पनि स्टार खेलाडीहरु विमल घर्तीमगर, अञ्जन विष्टसहित सन्तोष तामाङ र दिनेश राजवंशी।

खेलाडीहरुको विदाईका लागि एन्फामा तयारी चलिरहेको थियो। तर कालिन भने एन्फा पधाधिकारीसँग गोप्य बैठकमा थिए। उनी शुभसमाचारका लागि त्यहाँ थिएनन्। थिएत केवल आफ्ना खेलाडीको गलत आचरणको दण्डको तय गर्नका लागि। उनले कुनै संकोच नलिकनै निर्णय गरेकी अब स्क्वाडबाट चार खेलाडी रहने छैनन्। त्यो पनि स्टार खेलाडीहरु विमल घर्तीमगर, अञ्जन विष्टसहित सन्तोष तामाङ र दिनेश राजवंशी।

उनमा चार खेलाडी नहुनुको कतिपनि पिडा थिएन्। कालिन भन्दै थिए ‘हामी एयरपोर्टबाटनै ठुलो आत्माविश्वासका साथमा भुटान उत्रिएका छौं। हामी केहि गर्ने उत्साहका साथ मैदानमा हुने छौं।’

कुवेतविरुद्धको नतिजा जे होला त्यो आज थाहा होला तर नेपाली फुटबलमा आशा गरिएका खेलाडीहरुको रात्रिकालिन डिस्को यात्रा भने फुटबलका लागि एउटा गतिलोपाठका रुपमा सदैब रहने छ। कीनकी यो विश्वकप यात्राको पाइला थियो र छ। यति महत्वको यो प्रतियोगिताको इज्जत एउटा समर्थका लागित प्रतिष्ठा हुन्छ भने खेलाडीका लागि झनै कस्तो होला?

समयले बाँकी पर्दाहरु उर्घादै जाला तर कारवाहीमा परेका चार खेलाडी बाहीर आएपनि विश्वासको संकट टार्न सहज हुने छैन्। नेपाली फुटबलमा केहि गर्नका लागि आएका विदेशी प्रशिक्षक कालिनको नजरमा उठ्नलाई सहज हुने छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.