|

जाजरकोट : वन्यजन्तुको संरक्षण र गणनाका लागि डोल्पामा सिसिटिमी क्यामरा जडान गरिएको छ। 

जगदुल्ला गाउँपालिकाभित्रका पाटन र अन्य पाटनहरुमा ५० वटा सिसिटिभी क्यामरा जडान गरिएको हो।  हिम चितुवाको वासस्थान भएका ठाउँमा सिसिटिभी जडान गरिएको छ। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङ्गटुगे, बाहिर पुदुव, भित्र पुदुव, अन्तर पुदुव, ठूली पाल्ती र जगुदुल्ला गाउँपालिकाका पाटनहरुमा सिसिटिभी क्यामरा जडान गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले जनाएको छ। 

सिसिटिभी क्यामराका सहायताले निकुन्जभित्रका तीन हजार नाउरको गणना गरिएको छ। निकुन्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी र चोरी निकासी रोक्न क्यामरा जडान गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। 

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। डोल्पा र मुगु जिल्लामा फैलिएको छ। नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्। यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले पनि पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.