|

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)द्वारा सञ्चालित १०० युथ आवर फ्युचर सिंगापुरमा समापन भएको छ।

कार्यक्रममा भाग लिन सात खेलाडीसहित १० सदस्यीय नासा टोली सिंगापुर गएको थियो। टोलीको व्यवस्थापन नासाका एक्सो मेम्बर दिप्रश शाक्यले गरेका थिए।

नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा गएको टोलीको व्यवस्थापन नासाका दिप्रश शाक्यले गरेका हुन्। दिप्रश सिम्रिक एयरलाइन्सका सञ्चालक समेत हुन् ।

नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा खेलाडीहरु सरोजकुमार श्रेष्ठ, सोनी ठकुरी, सुष्मा नेपाल, सदीक्षा आचार्य, विजय पौडेल, अश्विन जलान, सुवर्णसिंह विष्ट कार्यक्रममा सहभागी हुन सिंगापुर गएका थिए। उक्त टोलीको व्यवस्थापन दिप्रश शाक्य र मञ्चन तिवारीले गरेका थिए।

‘फेडेरेसन इन्टरनेसनल डेल’ अटोमोबाइल (एफआइए)को स्पोर्ट डेभलपमेन्ट प्रोग्रामअन्तर्गत तथा काठमाडौं इन्जिनियरिङ कलेजको सहकार्यमा सञ्चालित सो अभियान एक हजार ४०० विद्यार्थीबीच सुरु गरिएको थियो।

विभिन्न विधाबाट सातजना विजयी सिंगापुरका लागि छनोट भएका थिए। जसमा सुवर्ण सिंह विष्ट प्रथम, आश्विन जलान द्वितीय तथा सरोज श्रेष्ठ तृतीय भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.