|

काठमाडौं : मन्त्रिमण्डल हेरफेरबारे विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ।

नेकपा नेतृत्वमा रहेको सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष प्रचण्डलाई जोडर प्रशारित तथा प्रकाशित समाचार भ्रामक भएको भन्दै सचिवालयले खण्डनका साथै भर्त्सना गरेको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ।’

प्रचण्डको सचिवलायल मन्त्रिमण्डले फेरबदरमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारभित्र पर्ने प्रष्ट्याएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ। पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.