|

खोटाङ :खेल्ने क्रममा  खोलामा डुबेर खोटाङमा एक बालकको मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका ३ सावाकटहरे रातामाटाका ३ वर्षीय साहिल राईको खोलामा डुबेर सोमबार मृत्यु भएको हो।

अभिभावकको साथमा बेसीमा धान काट्न सावा खोला किनारको घरमा झरेका बेला बालक खोलामा परेका हुन्। अभिभावक धान काट्ने काममा व्यस्त भएकाले अन्य केटाकेटीसँगै खोलामा खेल्न जाँदा बालक खोलामा डुवेका थिए।

सोमबार दिउँसो साथीसँगै खेल्न गएका उनको शव केही तल फेला परेको इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक सुर्यनारायण माझीले बताए। अन्य केटाकेटी खेलेर फर्किए पनि साहिल नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरी निरीक्षक माझीले बताए।

तीन वर्षीय सहिलको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.