|

  • अनिल खत्री-

गुल्मी : गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपैया खर्चेर आँखा अस्पताल बनाएका छन्। वामी ३ टार निवासी कृष्णहरि सापकोटाले वामिटक्सार बजारमा १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रको भवन निर्माण गरिदिएका हुन्। कृष्णहरि सापकोटा आँखा उपचार केन्द्रक नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले उद्घाटन गरे।

दानविर कृष्णहरि सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासदेखि नै वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थलसम्म ल्याएका थिए । स्थानीय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाएका थिए।

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव गर्‍यो। त्यसबेला उपयुक्त जग्गा कतै नपाएपछि त्यो प्रस्ताव असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी जग्गा दान गरे। पछि सरकारी रकम र दाताको पनि अभाव देखेपछि उनले आफैले भवन निर्माण गरेका हुन्।

सापकोटाका छोराछोरी विदेशमा छन्। उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुर्ख्यौली सम्पत्तिबाटै अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए । जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानविर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.