|

वेल्सले २०२० को युरोकप छनोटमा स्थान सुरक्षित गरेको छ। वेल्सले युरोकपमा स्थान बनाउने क्रममा हङ्गेरीलाई २–० ले पराजित गर्‍यो।

मंगलबार राति भएको खेलमा हङ्गेरीलाई पराजित गर्ने क्रममा आरोन राम्सीको प्रदर्शन उत्कृष्ट रह्यो। वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो। सो खेलमा दुबै गोल राम्सीले गरे १५ औं मिनेटमा पहिलो गोल गरेका उनले ४७ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे।

समूह ‘ई’को खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा आफुलाई उभ्यायो। शीर्ष स्थानको क्रोएसिया १७ अंक सहित युरोकपमा छनोट भयो।

वेल्सको जितले स्लोभाकिया युरोकप छनोटबाट बाहिरियो। वेल्सको हार या बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पु¥याउने सम्भवाना रहेको थियो। तर, वेल्सको जितले स्लोभाकिया बाहिरियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.