|

टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ। विगत ५ वर्षयता निरन्तर टोटनह्यामको प्रशिक्षक रहेका पोचिटिनो जारी सिजनको खराब प्रदर्शनका कारण बर्खास्तीमा परेका हुन्।

४७ वर्षिय पोचिटिनोले जारी सिजन सुरुवातबाटै क्लबको खराब प्रदर्शनमा कुनै चमत्कारीक नतिजा दिलाउन सकेनन्। अहिले टोटनह्याम लिग अंक तालिकाको १४ औ स्थानमा छ। टोटनह्यामले उनको विकल्पमा यसअघि म्यानचेस्टर युनाईटेड र चेल्सीका म्यानेजर रहेका जोसे माउरिन्होलाई विकल्पका रुपमा हेरेको इंग्लिस सचारमाध्यामहरुले दाबी गरेका छन्।  

क्लबका अध्यक्ष ड्यानियल लेवीले यो निर्णय लिन सहज नभएको तर लिनु पर्ने अबस्था आएको दावि गरे। उनले भने ‘हामी यो परिवर्तका लागि निकै अनिच्छुक थियौं। त्यसैले यो फैसलालाई अब बोर्डले हल्का रुपमा लिने छैन्। साथै कुनै हतारोमा गरेको निर्णयपनि होइन्।’

पोचिटिनोले २८ मे २०१४ बाट क्लब समाल्दै आएका छन्। उनकै नेतृत्वमा टोटेनह्यामले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो। म्याड्रिडमा भएको सो खेलमा टोटेनहमले लिभरपुलसँग फाइनल गुमाएको थियो।

साउथह्याम्टनलाई पाँचौ स्थानमा पुर्याएपछि उनी टोटनह्यामको नजरमा परेका थिए। साउथहेम्टनको क्लब इतिहासमै सर्वाधिक माथिल्लो स्तरसम्म पुर्याएका पोचिटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए। त्यस्तै सन् २०१७ को सिजनमा उपविजेता बनाए। 

त्यसोत पोचिटिनो पेप ग्वार्डिओलालाई इंग्ल्यान्डमा पराजित गर्ने पहिलो इंग्लिस म्यानेजरका रुपमा समेत रहे। २०१६ को अक्टोबरमा म्यानचेस्टर सिटीलाई २–० ले टोटनह्यामले हराउँदा उनी नायक सावित भएका थिए। गत सिजन आयाक्स सँग सान्दार पुनरागमन गर्दै क्लबलाई पहिलो पटक च्यामिपयन्स लिगको फाइनलमा पुर्याएका पोचिटिनो यो पटक भने वार्यन सँग ७–२ ले सुरुवातमानै  पराजित हुन पुग्यो। जारी सिजन प्रिमियर लिगमा स्पर्स केवल ३ खेलमा मात्रै जित निकाल्न सकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.