|
फाइल तस्विर

काठमाडौं : बिहीबार भक्तपुर क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। ट्रान्सफार्मर परिवर्तन गर्नुपर्ने भएकाले यस क्षेत्रमा बिहीबार दिउँसो विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

भक्तपुरको शव स्टेसनमा नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यका लागि १० बजेदेखि १ बजेसम्म बिद्युत आपूर्ति अवरुद्ध हुने प्रशासकीय अधिकृत देवराज भट्टले बताए। उनका अनुसार १३२ केभीको प्रशारण लाइनमा नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको हो।

प्रधिकरणले विद्युत्को खपत बढाउन नयाँ ट्रान्सफर्मरको जडान गर्ने तथा स्तारोन्नति गर्न लागेको हो । प्राधिकरणले उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन हरेक वितरण ट्रान्सफर्ममा विद्युतको लोड ५० प्रतिशतमाथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडिको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.