|

काठमाडौं : रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो। बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार गरिरहेको नयाँ शाखाको बुधबार बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की र समाजसेवी सरस्वती थापाले गरे।

विगत तीन महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि शाखा सञ्चालन गरिएको थियो।उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ।

अस्ट्रेलिया, बेलायतमा पनि आगामी दिनमा विस्तार गर्ने योजना रहेको बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जीव तिमल्सिनाले जानकारी दिए। नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.