|

काठमाडौं : एयर ट्राफिक कन्ट्रोलरसम्बन्धी ३६औं एसिया प्यासिफिक रिजनल सम्मेलन बिहीबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ। नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी जानकारी गराएको हो।

इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलन उड्डयन पेशेवर र एयर ट्राफिक कन्ट्रोलरहरूको लागि अन्तरक्रिया गर्न उपयुक्त हुने बताइएको छ।

नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सम्मेलनमा मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरुका विषयमा ट्राफिक कन्ट्रोलरहरूले आफ्ना चासोहरूमाथि छलफल गर्ने बताए।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षालगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुनेछ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.