|
फाइल तस्विर

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन्।

प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे। बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरूसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए। उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरूको साझेदारी कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा संचालन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.