|

पर्सा : टाउन हलको ठेक्का प्रकरणको विषयमा विवाद हुँदा प्रदेश-२ का सांसद ओमप्रकाश शर्मामाथि बुधबार हातपात भएको छ। बुधबार बिहान मनिङ्गवाकमा नै रहेका शर्मामाथि वीरगन्जको आदर्शनगरस्थित बल्लु चिया पसल अगाडि हातपात भएको हो।

शर्मालाई हातपात गर्ने व्यक्ति नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला साह कलवार रहेको पर्सा प्रहरीले जनाएको छ। हात हालाहालपछि सांसद शर्मा र कलवार दुवै वीरगन्जको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए।

'प्रदेशसभा सदस्य शर्मासँग खुल्ला ठाउँमा गालीगलौज र हातपातको विषय अनौपचारिक छ' उनले भने 'औपचारिक रुपमा आए प्रहरी अगाडी बढ्छ।'

शर्मा र कलवार दुवैजना घाइते भएको भन्दै नारायणी अस्पतालमा आएका नारायणी अस्पतालको इमर्जेसी शाखामा रहेका डा देवशंकर पासवानले बताए। उनका अनुसार दुवैलाई सामान्य चोटपटक लागेको छ।

'दुवैलाई सामान्य चोटपटक लागेको छ। गम्भीर प्रकृतिको अवस्था दुवै जनाको छैन' पासवानले भने, 'दुवैलाई प्रारम्भिक उपचार भएको छ। कलवार चाही थप चेकअफ गराउँन काठमाडौं जान्छु भनी जानु भयो।'

कलवार आफ्नै इच्छाले थप परीक्षणका लागि काठमाठौं जाने लागेको उनले बताए। 'स्वेच्छिक मागअनुसार हामीले हुन्छ भन्यौं' अस्पतालका चिकित्सक पासवानले भने। उनका अनुसार कलवारको अनुहारमा अलि कोतरिए छ। शर्माको तल्लो ओठमा घाउ भएको र बाँया करणमा भित्रीचोट लागेकोले अर्थोसँग परामर्श गर्ने सल्लाह भएको छ। दुवैजना सामान्य रहेको चिकित्सक पासवानले बताए।

विवादको विषय वीरगन्जको ‘टाउन हल'

वीरगन्ज महानगरपालिकासँग कम शुल्कमा २२ वर्षका लागि वीरगन्जको टाउन हल ठेक्कामा लिएका कलवारको कारण स्थानीय ध्वनि प्रदूषणले पीडित थिए। जनप्रतिनिधि भएको कारण उनहरुले मलाई पटक पटक यो गुनासो गर्नुभयो।

प्रतिविवाह ५ लाखसम्म शुल्क लिदै आएका कलवारले टाउन हलमा विवाहलगायतका गतिविधी गर्दा डिजेको आवाजले स्थानीय हैरान छन्। टाउन हलमा होटल, लज, रेष्टुरेन्ट मात्र अवैध गतिविधि पनि हुने गरेको कारण मैले यो विषयमा पटकपटक बोल्दै आएको थिएँ। आज बिहान चिया पसलमा सबै मानिसका अगाडी पनि उनको रवैवा उही रह्यो। यसो किन भनेको भनी सोध्दा उनी हातपातमै उत्रिए।

कलवार भन्छन्, कुरा-कुरामा हातपात

बिहानै चिया पसलमा रोड वारी र पारी थियौं। कुरा कुरैमा उहाँसँग झगडा भयो। मलाई बढी चोटपटक लागेको छ। म वीरगन्जमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौंको टिचिङ हस्पिटलमा आइपुगेको छु। ब्लड, इसिजीलगायतको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएपछि मात्र थप के भएको भन्न सकिन्छ। विषय गालीगलौजबाट नै सुरु भएको हो।

प्रहरीलाई पहिले जानकारी थियो

आफूमाथि दुर्व्यहार हुन लागेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरलाई जानकारी गराएको शर्माले बताए। प्रहरी घटना भएको आधा घण्टापछि मात्र घटनास्थलमा आइपुगेको उनको भनाइ छ। वीरगन्ज महानगरपालिकाले पनि अवैध आर्थिक लाभको लोभमा वीरगन्जको नगरसभा गृहलाई सस्तोमा ठेक्का लगाई गलत गरिरहेको उनको आरोप छ। आफू जनप्रतिनिधि भएकाले गलत कुरा बोल्न नडराउने बताए।

'काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलको ठेक्का तोड्न अख्तियारले मिल्छ भने वीरगन्जको टाउन हलको गलत ठेक्का तोड्न् किन नमिल्ने? भनी मैले अख्तियार प्रमुख नवीन घिमिरेसँग पनि कुरा गरेको थिए। त्यहाँबाट पनि वीरगन्ज महानगरपालिकालाई पत्र आएको सुनेको छु। त्यस यता वीरगन्ज महानगरपालिकाले पत्र दवाएर ठोस कार्य नगरेपछि आज म उनको निसानामा परेँ' शर्माले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.