|

दाङ : नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा माले बामघटक दलहरूसँग एकताको पक्षमा रहेको बताएका छन्। रिपोटर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  महासचिव मैनालीले यस्तो बताएका हुन्।

उनले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको कुरामा जोड दिए। उनले आफू र आफ्नो पार्टी धर्म निरपेक्षताको विरोधमा रहेको पनि बताए। 'नेकपा माले धर्म निरपेक्षताको विरोधमा छ, त्यसको मतलब हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छैन’ उनले भने। 

त्यसैगरी,  मैनालीले सबै पार्टी देशमुखी हुनुपर्ने पनि बताए। नेकपा  माले देश बनाउने पक्षमा भएको भन्दै उनले अहिले देशमा सामाजिक पुँजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको विकास गर्ने लक्ष्य र उद्देश्य आफ्नो पार्टीसँग रहेको दाबी गरे।

त्यसैगरी, दलाल माफिया पुँजीवादको अन्त्यका लागि देशमा राष्ट्रिय पुँजी र राष्ट्रिय उद्योग बढाउनुपर्ने उनको मैनालीको थियो।  उनले देशका साना व्यवसायीलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा समेत राखे।

त्यसैगरी, उनले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गरे। उनले माले कडा नागरिकता नीतिको पक्षमा रेहको भन्दै गैर नेपालीलाई नागरिकता दिनुहुँदैन् भन्ने पक्षमा रहेको समेत बताए। 

दाङ  निर्वाचन क्षेत्र ३ (ख) मा हुन लागेको प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई विजयी गराउनका लागि प्रचारप्रसारका क्रममा दाङ आएका मैनालीले दलहरूका एजेण्डा हेरेर मतदान गर्न मतदातालाई आग्रहसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.