|

इटहरी : विवादमा रहेको विराटनगर-रानी-किमाथाङ्का जोड्ने राजमार्गको इटहरी-तरहरा खण्ड मापदण्डबमोजिम नै बन्ने भएको छ।

पहुच नपुगेका जनताको मात्र घर भत्काएर बजारक्षेत्रमा रहेका पहुचवालाको घर नभत्किने गरि निर्माण गर्न लागिएको आयोजना मापदण्डबमोजिम नै बन्ने भएको हो। फुटफाथसहित २५/२५ मिटरको  सडक निर्माण गर्ने भए पनि इटहरीको मुख्य चोकमा भने २०/२० मिटर मात्र कायम गरिएको भन्दै विवाद उत्पन्न भएको थियो।

सडक निमार्णमा एकरूपता कायम हुनुपर्ने भन्दै इटहरीका युवा संगठित भएर आयोजना कार्यलयमा ज्ञापनपत्र बुझाउने क्रममा आयोजनाका इञ्जिनियर रमेश कुमार गोइतले एकरूपता कायम गर्ने बताए।

'ज्ञापनपत्रको विषय जाहेज छ, तपाईंहरूको सहयोगले नै हामी आयोजना मापदण्डअनुसार नै गर्छौं' गोइतले भने 'यति धेरै युवाले आयोजनालाइ सहयोग गर्नु भएकोमा धन्यवाद।'

सडकलाई एक रूपता कायम गर्ने संघर्ष समितिले आयोजनालाई बुधबार ज्ञापन पत्र बुझाएको हो। संघर्ष समितिका संयोजक मदन चुडालको नेतृत्वको टोलीले इटहरीस्थित आयोजनाको कार्यालय पुगेर मापदण्डबमोजिम काम गर्न ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा भनिएको छ 'एउटै सीमाभित्रै फरक-फरक मापदण्डमा सडक निर्माणाधीन रहेको र भौतिक संरचनासमेत भत्काउने काम विभेदपूर्ण रहेको हुँदा भत्काउन बाँकी रहेका दुवैतर्फका भाग सडक मापदण्डअनुसार कायम गरी सडक निर्माण कार्य गर्न माग गर्दछौं।'

नेकपा नेतासमेत रहेका मदन चुडालको संयोजकत्वमा बनेको २०१ सदस्यीय संघर्ष समितिले उच्च अदालतले समेत मापदण्डमै बनाउनु भनेको आदेशलाइ पनि कार्यान्वयन गर्नसमेत अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.