|

काभ्रे : काठमाडौ विश्वविद्यालयमा लामो समयसम्म उपकुलपति नियुक्ति नभएको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठनले आन्दोलन सुरु गरेको छ। आइतबार अनेरास्ववियुले काठमाडौं विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले राजनीतिक हस्तक्षेपका कारण शैक्षिक क्षेत्र तहसनहस भएको र रिक्त भएको १ महिना भन्दा बढी हुदा पनि सरकारले उपकुलपति नियुक्त गर्न नसकेकाले आन्दोलन सुरु गरेको बताइन्।

स्थगित विद्यार्थी कल्याण परिषदको निर्वाचन पनि स्थगित भएको र कक्षाबाट छनौट भएका प्रतिनिधिहरुको पदाधिकारी निर्माण गर्न काठमाडौ विश्वविद्यालयले आनाकानी गरेकाले विश्वविद्यालय प्रशासनलाई  २४ घण्टा भित्र निर्वाचन घोषणा गर्न लामाले माग राखिन्। अनेरास्ववियुले २४ घण्टाभित्र कल्याण परिषदको निर्वाचन घोषणा गर्नुपर्ने, तत्काल प्राज्ञिक व्यक्तिलाई उपकुलपति चयन गर्नुपर्ने र केयुमा राजनीतिक दलको चलखेल बन्द गर्नुपर्ने माग राखेको छ।

माग सम्बोधन नभए विश्वविद्यालय बन्द गरिने अनेरास्ववियुले जनाएको छ। पुस ८ गते भएको विद्यार्थी कक्षा प्रतिनिधिको निर्वाचनमा ७५ मध्ये ४२ वटा सिट जितेको अनेरास्ववियुको दावी छ। कक्षा प्रतिनीधिको छनोटपछि विश्वविद्यालयमा विभिन्न विद्यार्थी सगठनहरुले पटक पटक बन्द गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.